नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण
पाेखरा | असार ५, २०७९
पोखरा : नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोल्नुभएको थियो । कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

